दक्षिण कोरियाले अर्को वर्ष थप नेपाली कामदारलाई स्वागत गर्ने

दक्षिण कोरियाले अर्को वर्ष थप नेपाली कामदारलाई स्वागत गर्ने : Icon Khabar

काठमाडौं, फागुन २ । दक्षिण कोरियाली सरकारका एक उच्च अधिकारीले आगामी वर्ष थप नेपाली कामदारलाई दक्षिण कोरियामा स्वागत गर्ने घोषणा गरेका छन् ।

भ्रमणमा रहेका दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत जाङ सुङ मिनले अहिले दक्षिण कोरियामा विभिन्न क्षेत्रमा करिब १५ हजार नेपाली कामदार कार्यरत रहेको बताए । ‘नेपाली कामदारको कडा परिश्रम र इमान्दारिताको कदर गर्दै आगामी वर्ष यो संख्या अझै बढ्ने अपेक्षा गरेका छौँ,’ उनले भने ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै व्यापारिक नेता र अन्य वरिष्ठ सरकारी अधिकारीहरुसँगै आएका विशेष ईन्भी जाङले दक्षिण कोरियाले विभिन्न १६ देशका कामदारलाई श्रम स्वीकृति प्रदान गरेको बताए । उनले कडा परिश्रम र इमान्दारिताका कारण नेपाली कामदारलाई दक्षिण कोरियाली रोजगारदाताले रुचाउने गरेको बताए ।

आगामी वर्ष ईपीएस व्यवस्था अन्तर्गत दक्षिण कोरियामा नेपाली कामदारको संख्या २० हजार पुग्ने अपेक्षा गरिएको छ । “हाम्रो देश सबै श्रमिकहरूलाई मानवअधिकार सुनिश्चित गर्ने भएकाले सबैभन्दा मनपर्ने श्रम गन्तव्य बन्न पुगेको छ। हामीले विदेशी र घरेलु कामदारमा कुनै भेदभाव गर्दैनौं,’ उनले भने ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष मनाइरहँदा दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले विशेष दूत जाङलाई नेपाल पठाएका थिए । “अर्को वर्ष कोरिया र नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष मनाउँदैछन् । ५० औँ वार्षिकोत्सव मनाउन र हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन सकिने अवसरहरू हेर्न म यहाँ छु,’ उनले थपे ।

विशेष दूत जाङले करिब ७० वर्षअघि दक्षिण कोरिया सबैभन्दा गरिब राष्ट्र भएको र अन्तर्राष्ट्रिय मित्र र साझेदारहरूको सहयोगमा विश्वको १०औँ ठूलो अर्थतन्त्रमा परिणत हुन सक्ने बताए । “यो अरूलाई फिर्ता दिने हाम्रो समय हो। म यहाँ नेपाली साथीहरूसँग कसरी विकास सहायतालाई थप वृद्धि गर्न सकिन्छ भनेर छलफल गर्न आएको छु,’ उनले भने।

नेपाल र दक्षिण कोरियाबीच धेरै समानता रहेकाले दक्षिण कोरियाले ल्याएको विकास पाठले नेपालका लागि ठूलो सहयोग पुग्ने पनि जाङले बताए । उनले नेपालले अवलम्बन गरेको लोकतान्त्रिक मार्गले मुलुकको विकासमा सहयोग पुग्ने बताए ।

विशेष दूत जाङले दक्षिण कोरियाले नेपाललाई दिने विभिन्न विकास सहायताको पनि प्रकाश पारेका थिए । दक्षिण कोरियाले सकेसम्म धेरै नेपालीलाई रोजगारी र सीप उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै उनले सामसुङ कम्पनीले सामसुङ टिभी उत्पादन गर्न भैरहवामा एसेम्बली प्लान्ट स्थापना गरिसकेको पनि बताए । कम्पनीले मार्चको पहिलो साताबाट उत्पादन सुरु गर्ने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू