नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु : Icon Khabar

काठमाडौं, जेठ २ । नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ वर्षीय बालक शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले नयाँ बानेश्वरको कात्यानी चोकमा बालकलाई ठक्कर दिएको थियो ।

कात्यानीबाट भीमसेनागोलातर्फ जाने क्रममा कारले ठक्कर दिएपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको बोहराले बताए ।

भारत घर भएका बालक झा परिवारसँग काठमाडौंमा बस्दै आएका थिए । कार चालक रमेश कुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2025
Website | + posts