निजामती कर्मचारी विधेयक समितिबाट पारित

निजामती कर्मचारी विधेयक समितिबाट पारित : Icon Khabar

काठमाडौं, जेठ २ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ ।

विवादित दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् ।

उनका अनुसार निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको छ । बढाएको उमेर हद लागु एकरएक वर्ष गरी गरिने छ ।

त्यस्तै कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । आजको समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको हो ।

विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।

विधेयकमा स्थानीय तहका कर्मचारीहरूको लागि १ पटकको लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2025
Website | + posts
ताजा
पानी नपरेपछि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा वायु प्रदुषण बढ्दै
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्ड दिने फैसाला
राष्ट्र बैंकको खुद आम्दानी ८० अर्ब ४८ करोड रुपैयाँ
मुलुकभर तापक्रम घट्ने तथा चिसो बढ्ने क्रम जारी, सतर्क रहन आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )