कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न सरकार सहमत

कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न सरकार सहमत : Icon Khabar

काठमाडौं, जेठ २ । कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने भएको छ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न सरकार सहमत भएको बताएका हुन् ।

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले भनेका छन्, ‘कुलिङ पिरियड २ वर्ष राखेर जाऔं ।’

कानुन बनाउन वा संशोधन गर्न फेरि अर्को पटक केही समय लाग्ने र तत्काल संशोधन गर्ने कुरा पनि त्यति जायज नहुने भन्दै उनले कुलिङ पिरियड २ वर्ष राखेर जाने उनको प्रस्ताव छ । सरकार २ वर्ष कुलिङ पिरियड राख्न सहमत भएसँगै यो विषय अगाडि बढ्ने भएको समितिका एक सदस्यले बताए ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक जारी छ ।

Published Date: 16 May 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली