बिहिबार सुनको मूल्य तोलामा ३ हजार ५ सयले घट्यो

बिहिबार सुनको मूल्य तोलामा ३ हजार ५ सयले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको मूल्यसूची अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सयले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा सीमित बनेको छ ।

अघिल्लो दिन भने सुन ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८५ हजार ३ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ३५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।

Published Date: 15 May 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर