भक्तपुर , जेठ १ । उद्योग तथा बाणिज्य कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा संचालित एकमहिने अतिथि सत्कार तालिम उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यतामा सम्पन भयो ।
सो अवसरमा प्रमुख अतिथि श्री कुस्माले प्रदेश सरकार अन्तर्गतको उद्योग तथा बाणिज्य कार्यालयले सीप बिहिन नेपालीलाई सीप प्रदान गरी उद्यमी बनाउने उद्देश्यले विभिन्न तालिमहरु दिईरहेको जानकारी गराउदै अतिथि सत्कार तालिम लिई उद्यमी बन सकोस भनी शुभकामना दिनुका साथै तालिम मात्र तालिमको लागि नभई सिकेको सीपलाई कार्यान्वयनमा ल्याउन अनुरोध गरे । बरु यस सम्बन्धि थप तालिम आवश्यक भए कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे।
कार्यक्रममा अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य एव गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न गराउन घर घरमा नै फेमिली स्टेको अवधारणा ल्याई रहेको जानकारी गराउँदै गो लोकल मार्फत भक्तपुर घुम्न आउने पर्यटकलाई यहाँको रैथाने उद्योगको भ्रमण गराउने रैथाने खाना खाजा खुवाउने र सकेसम्म यहाँकै परम्परागत घरमा घरबासको कार्यक्रम संचालन गरी आय आर्जनका अवधारणाहरु ल्याई रहेको बताए ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष रामसुन्दर भेलेले अतिथि सत्कारको महत्वबारे प्रकास परेका थिए भने प्रशिक्षक रबिता बासुकलाले एक महिना सम्म आफुले सिकाएका विषयमा प्रशिक्षार्थीहरुले एकदम मेहेनतका साथ सिकेकोमा खुशी व्यक्त गरे भने प्रशिक्षार्थीको तर्फबाट रमा श्रेष्ठ र विना सुकुभटुले तालिमबाट आफुहरुले धेरै कुरा सिकेको र व्यक्तिगत जिवनमा पनि तालिमले धेरै सहयोग पुर्याएको बताए ।
त्यसैगरी संघका अध्यक्ष एव समापन कार्यक्रमका सभापति श्यामसुन्दर श्रेष्ठले उद्योग तथा बाणिज्य कार्यालयसँग विगत देखि नै विभिन्न कार्यक्रमहरु सहकार्य गरी आयोजना गरीरहेको र यो अतिथि सत्कार तालिम संचालन गर्ने अवसर प्रदान गरेकोमा उद्योग तथा वाणिज्य कार्यालय प्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्तै सहकार्य हुने विश्वास व्यक्त गरे ।
साथै उनले तालिम लिएका प्रशिक्षार्थीहरुलाई उद्योग दर्ता नविकरण सम्बन्धि कुनै समस्या भए भक्तपुर घरेलु तथा साना उद्योग संघले सहजीकरण गरिदिने बताउँदै थप एडभान्स तालिमको लागि आवश्यक भए संघका सम्पर्क राख्न अनुरोध गरे ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजा उद्योग तथा बाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुला पर्यटन व्यवशायी सुरेन्द्रमान बिजुक्छे र भक्तपुर घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले तालिमको औचित्य माथि प्रकास पारे ।
Published Date: 15 May 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news