मंगलबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ३० । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबार स्थानिय बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ३ हजार ७ सयले घटेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 May 2025
Website | + posts