आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल : Icon Khabar

काठमाडौँ, वैशाख ३० ।  भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ । फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुनेछ ।

गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो । सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो ।

आईपीएलको परिमार्जित तालिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाताबीचको खेल बेंगलुरुमा खेलिनेछ । लिग स्टेजको अन्तिम खेल लखनउ र बेंगलुरुबीच लखनउमा हुनेछ ।

यसअघि जयपुरमा कुनै पनि खेल नहुने अनुमान गरिएको थियो । तर बोर्डले चयन गरेका ६ शहरमध्ये जयपुर पनि समावेश गरिएको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछन् । प्लेअफका खेल खेलिने स्थान भने पछि सार्वजनिक गरिने छ ।

परिमार्जित तालिका सार्वजनिक गर्दै बीसीसीआईले प्रेस विज्ञप्तिमा भनेको छ, ‘बीसीसीआई टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउँदा खुशी छ । सरकार, सुरक्षा निकायहरू र सबै सरोकारवालासँग विस्तृत छलफलपछि बाँकी खेल अगाडि बढाउने निर्णय गरिएको हो ।’

यसैगरी आईपीएलले भनेको छ, ‘बाँकी कुल १७ खेल ६ स्थानमा खेलिनेछन् । बाँकी खेल १७ मे २०२५ बाट सुरु भएर ३ जुन २०२५ मा फाइनलसँगै समाप्त हुनेछन् । नयाँ तालिकामा समावेश डबल–हेडर खेल आइतबारको दिन खेलाइने छ ।’

Published Date: 13 May 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर