रोशी खोलामा आएको बाढीले बिपी मार्ग छेउको नेपालथोक डाइभर्सन पनि बगायो

रोशी खोलामा आएको बाढीले बिपी मार्ग छेउको नेपालथोक डाइभर्सन पनि बगायो : Icon Khabar
फाइल तस्बिर

काठमाडाैं, वैशाख ३० । रोशी खोलामा सोमबार राति आएको बाढीले बिपी मार्ग छेउको सिन्धुलीको नेपालथोक प्रहरी चौकी नजिकैको डाइभर्सन पनि बगाएको छ ।

सो डाइभर्सन बगाउँदा काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाबाट जाने सडक अवरुद्ध भएको छ । बिपी मार्गको नेपालथोकबाट काभ्रे तिमाल गाउँपालिकाको भण्डारीबेँसी, मुक्पाबेँसी हुँदै रामेछापको सुनापती गाउँपालिकाको सिन्दुरेटारमा रहेको सुनकोसी नदीको पुल तरेर सुनापति, दोरम्बा शैलुङ, खाँडादेवी लगायतका क्षेत्रमा जाने यातायात साधन डाइभर्सन बगाएपछि रोकिएका छन् ।

गएको असोज महिनामा आएको बाढीले नेपालथोकमा रहेको सुनकोशी माथिको पक्की पुल बगाएपछि सुनापतिका सबै वडा, दोरम्बाका केही वडा तथा खाँडादेवी गाउँपालिकाको १ नं वडामा आउने यातायात साधनको लागि रोशी खोलामा ह्युमपाइप राखेर डाइभर्सन बनाइ आवागमनको व्यवस्था मिलाइएको थियो ।

बाढीलाई डाइभर्सनका पाइपहरू बगाएको स्थानीय राजकुमार मैनालीले जानकारी दिए । बाटो बगाएपछि सो सडकबाट काठमाडौँ आउजाउ गर्ने यातायात साधनहरू रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 May 2025
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू