मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख १६ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य १४ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउमा भने कुनै घटबढ भएको छैन । चाँदी आज अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 29 April 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग