भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, वैशाख १६ । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका भक्तजनहरू दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ ।

गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर नजिकैको इनारमा खसेको हो ।

दुर्घटनामा मोटरसाइकल चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख भारतीय रुपैयाँ (लगभग २,३४३ अमेरिकी डलर) आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् ।

Published Date: 29 April 2025


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग