सामुदायिक विद्यालयमा पठनपाठन नियमित गर्न पोखरा महानगरको दुई दिने अल्टिमेटम

सामुदायिक विद्यालयमा पठनपाठन नियमित गर्न पोखरा महानगरको दुई दिने अल्टिमेटम : Icon Khabar

पोखरा, वैशाख १५ । पोखरा महानगरपालिकाले आगामी बुधवारसम्ममा सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन नियमित गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

पोखरा महानगरको शिक्षा महाशाखाले सोमवार विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयहरूलाई दुई दिनको अल्टिमेटम दिएको हो । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएको महानगरले उल्लेख गरेको छ ।

‘पोखरा महानगरपालिका, नगर शिक्षा समितिको मिति २०८२–०१–१४ गतेको निर्णयानुसार यही मिति २०८२–०१–१७ गतेसम्ममा पठनपाठन नियमित रूपमा सञ्चालन गर्नुहुन सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्ने निर्णय भएकोले सोही मितिसम्ममा पठनपाठन नियमित रूपमा सञ्चालन गर्न गराउनुहुन अनुरोध छ ।’

Published Date: 28 April 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न