सामुदायिक विद्यालयमा पठनपाठन नियमित गर्न पोखरा महानगरको दुई दिने अल्टिमेटम

सामुदायिक विद्यालयमा पठनपाठन नियमित गर्न पोखरा महानगरको दुई दिने अल्टिमेटम : Icon Khabar

पोखरा, वैशाख १५ । पोखरा महानगरपालिकाले आगामी बुधवारसम्ममा सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन नियमित गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

पोखरा महानगरको शिक्षा महाशाखाले सोमवार विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयहरूलाई दुई दिनको अल्टिमेटम दिएको हो । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएको महानगरले उल्लेख गरेको छ ।

‘पोखरा महानगरपालिका, नगर शिक्षा समितिको मिति २०८२–०१–१४ गतेको निर्णयानुसार यही मिति २०८२–०१–१७ गतेसम्ममा पठनपाठन नियमित रूपमा सञ्चालन गर्नुहुन सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्ने निर्णय भएकोले सोही मितिसम्ममा पठनपाठन नियमित रूपमा सञ्चालन गर्न गराउनुहुन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2025
Website | + posts