शिक्षकहरुको न्यायपूर्ण मागहरू सम्बोधन गर्न स्ववियुको माग

शिक्षकहरुको न्यायपूर्ण मागहरू सम्बोधन गर्न स्ववियुको माग : Icon Khabar

काठमाडौँ, वैशाख १४ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियुले शिक्षक तथा कर्मचारीका वैध र न्यायपूर्ण मागहरू सम्बोधन गर्न माग गरेको छ । स्ववियु अध्यक्ष दिपक राज जोशीले एक विज्ञप्ति जारी गर्दै उनीहरूका माग सम्बोधन गर्दै सम्मान गर्न माग गरेका हुन् ।

त्यस्तै शिक्षकहरूलाई विश्वस्त बनाई शिक्षा ऐन तुरुन्त जारी गर्ने सहमति गरी आन्दोलन शान्तिपूर्ण रूपमा समाधान गर्न समेत माग गरेको छ । आन्दोलनमा घाइते भएका शिक्षकहरूको शीघ्र उपचार र सम्मानजनक व्यवहार सुनिश्चित गर्नुका साथै विद्यार्थीको पठनपाठन अविलम्ब र व्यवस्थित रूपमा सुचारु गर्न समेत माग गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका शिक्षकहरूमाथि गरिएको बल प्रयोग, धरपकड र धम्कीपूर्ण व्यवहारप्रति आपत्ति जनाएको छ ।

शिक्षक आन्दोलनका कारण पठनपाठन अवरुद्ध हुन पुगेको गम्भीर अवस्थामा सरकारले आवश्यक संवेदनशीलता नदेखाएकोप्रति आपत्ति जनाए । विगतका सहमति र प्रतिबद्धताको सम्मान गर्दै आन्दोलनरत शिक्षकहरूसँग तुरुन्त निष्कर्षमुखी संवाद गरी पठनपाठन पुनः सुचारु गर्ने वातावरण बनाउन माग गरे ।

नेपाल शिक्षक महासङ्घले प्रस्तुत गरेका नौ बुँदे मागप्रति स्ववियुले समर्थन जनाएको छ । शिक्षक तथा विद्यार्थीहरूप्रति कुनै पनि किसिमको दमन र उपेक्षा स्वीकार्य नहुने स्ववियुको चेतावनी छ ।

सरकारले निष्पक्ष र सम्मानजनक संवादमार्फत समस्या समाधान नगरी दमनको बाटो रोजेमा विद्यार्थीहरू लोकतन्त्र र विद्यार्थी हितका पक्षमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने