शिक्षकहरुको न्यायपूर्ण मागहरू सम्बोधन गर्न स्ववियुको माग

शिक्षकहरुको न्यायपूर्ण मागहरू सम्बोधन गर्न स्ववियुको माग : Icon Khabar

काठमाडौँ, वैशाख १४ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियुले शिक्षक तथा कर्मचारीका वैध र न्यायपूर्ण मागहरू सम्बोधन गर्न माग गरेको छ । स्ववियु अध्यक्ष दिपक राज जोशीले एक विज्ञप्ति जारी गर्दै उनीहरूका माग सम्बोधन गर्दै सम्मान गर्न माग गरेका हुन् ।

त्यस्तै शिक्षकहरूलाई विश्वस्त बनाई शिक्षा ऐन तुरुन्त जारी गर्ने सहमति गरी आन्दोलन शान्तिपूर्ण रूपमा समाधान गर्न समेत माग गरेको छ । आन्दोलनमा घाइते भएका शिक्षकहरूको शीघ्र उपचार र सम्मानजनक व्यवहार सुनिश्चित गर्नुका साथै विद्यार्थीको पठनपाठन अविलम्ब र व्यवस्थित रूपमा सुचारु गर्न समेत माग गरेको छ ।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका शिक्षकहरूमाथि गरिएको बल प्रयोग, धरपकड र धम्कीपूर्ण व्यवहारप्रति आपत्ति जनाएको छ ।

शिक्षक आन्दोलनका कारण पठनपाठन अवरुद्ध हुन पुगेको गम्भीर अवस्थामा सरकारले आवश्यक संवेदनशीलता नदेखाएकोप्रति आपत्ति जनाए । विगतका सहमति र प्रतिबद्धताको सम्मान गर्दै आन्दोलनरत शिक्षकहरूसँग तुरुन्त निष्कर्षमुखी संवाद गरी पठनपाठन पुनः सुचारु गर्ने वातावरण बनाउन माग गरे ।

नेपाल शिक्षक महासङ्घले प्रस्तुत गरेका नौ बुँदे मागप्रति स्ववियुले समर्थन जनाएको छ । शिक्षक तथा विद्यार्थीहरूप्रति कुनै पनि किसिमको दमन र उपेक्षा स्वीकार्य नहुने स्ववियुको चेतावनी छ ।

सरकारले निष्पक्ष र सम्मानजनक संवादमार्फत समस्या समाधान नगरी दमनको बाटो रोजेमा विद्यार्थीहरू लोकतन्त्र र विद्यार्थी हितका पक्षमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

Published Date: 28 April 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न