२० रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिइने

२० रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिइने : Icon Khabar

काठमाडौं, फागुन १। नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। नेपाल राष्ट्र बैंकले आव्हान गरेको टेन्डरमा सहभागी भएको चिनिया कम्पनी एमएस चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो।

केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रमा चिनियाँ कम्पनीको यो प्रस्ताव अनुसार सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने जनाएको छ । राष्ट्र बैंकले पछिल्लो समय नयाँ नोट छपाइका लागि आव्हान गरेका प्राय टेन्डरमा चिनिया कम्पनीले जितिरहेका छन् । २० रुपैयाँका नोट छपाइका लागि भएको टेन्डलरमा तीनवटा कम्पनी प्राविधिक रुपमा सफल भएका थिए। चिनिया कम्पनीसँगै भारत र फ्रान्सको कम्पनी प्रतिस्पर्धामा थिए ।

यो कम्पनीले ३१ करोड थान २० रुपैयाँका नोट छपाइका लागि ४६ लाख ९८ हजार ६८५ अमेरिकी डलर कबोल गरेको थियो ।

.

Published Date: 13 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय