२० रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिइने

२० रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिइने : Icon Khabar

काठमाडौं, फागुन १। नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। नेपाल राष्ट्र बैंकले आव्हान गरेको टेन्डरमा सहभागी भएको चिनिया कम्पनी एमएस चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो।

केन्द्रीय बैंकले आह्वान गरेको बोलपत्रमा चिनियाँ कम्पनीको यो प्रस्ताव अनुसार सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने जनाएको छ । राष्ट्र बैंकले पछिल्लो समय नयाँ नोट छपाइका लागि आव्हान गरेका प्राय टेन्डरमा चिनिया कम्पनीले जितिरहेका छन् । २० रुपैयाँका नोट छपाइका लागि भएको टेन्डलरमा तीनवटा कम्पनी प्राविधिक रुपमा सफल भएका थिए। चिनिया कम्पनीसँगै भारत र फ्रान्सको कम्पनी प्रतिस्पर्धामा थिए ।

यो कम्पनीले ३१ करोड थान २० रुपैयाँका नोट छपाइका लागि ४६ लाख ९८ हजार ६८५ अमेरिकी डलर कबोल गरेको थियो ।

.

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?