ख्वप अस्पतालमा अन्तरंग सेवा विस्तारको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

ख्वप अस्पतालमा अन्तरंग सेवा विस्तारको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन १। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको अन्तरंग सेवा विस्तारको एक वर्ष पुगेको अवसरमा आज सोमबार वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउन सके गरिब र कामदार वर्गका बिरामीहरुले स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्नुका साथै लाभान्वित हुने बताए ।

उनले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल सही र तथ्यपरक आलोचनाहरुको आत्मसात गर्दै देशकै प्रतिष्ठित र व्यवस्थित अस्पतालको रुपमा विकास गर्ने उद्देश्यअनुरुप अगाडि बढिरहेको बताउँदै अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले जनताको निःस्वार्थ सेवा गर्ने भावनाले काम गर्न प्रेरित गरे ।उनले  अस्पतालको प्रशासन, व्यवस्थापन, कर्मचारी अनुशासन र सरसफाईलगायतका पक्षले अस्पतालको विकास र संरक्षणमा ठूलो भूमिका खेल्ने बताउँदै उनले राम्रा राम्रा अस्पतालबाट सिक्दै ख्वप अस्पताललाई देशको राष्ट्रिय स्तरको अस्पतालको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए ।

भक्तपुरको ख्वप अस्पताल राष्ट्रिय स्तरमा स्वास्थ्य बीमा सेवा प्रदान गर्नेमा आठौं स्थानमा रहेको चर्चा गर्दै प्रजापतिले ख्वप अस्पतालमा बिरामीको चाप र आवश्यकताअनुसार सेवासुविधाहरु बढाउँदै लाने तयारीमा रहेको बताए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले ख्वप अस्पतालप्रति जनताको अपनत्व रहनु नै अस्पतालको सबल पक्ष रहेको बताउँदै अस्पताल स्तरोन्नतिमा भक्तपुरका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, सरोकारवाला निकाय र स्थानीय जनताको ठूलो साथ र सहयोग रहेको बताए ।

ख्वप अस्पतालका इन्टरनल मेडिसिनका विशेषज्ञ डा. अमर प्रजापतिले अन्तरंग विभागको वार्षिक सेवाको तथ्यांक प्रस्तुत गरेका थिए भने ख्वप अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. मजेश प्रताप मल्लले ख्वप अस्पतालको सेवा प्रवाह र बिरामीहरुको वार्षिक तथ्यांकबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य एवम् ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा र स्टाफ नर्स रबिना कवांले पनि आफ्ना तर्क प्रस्तुत गरेको थियो ।

कार्यक्रम पश्चात प्रमुख प्रजापतिले ख्वप अस्पतालको अन्तरंग सेवामा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको थियो ।

.

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?