लामिछानेको मुद्दाको विस्तृत प्रतिवेदन माग गर्दै पठाएको सर्वोच्चको पत्र उच्च अदालत पाटन पुगेन

लामिछानेको मुद्दाको विस्तृत प्रतिवेदन माग गर्दै पठाएको सर्वोच्चको पत्र उच्च अदालत पाटन पुगेन : Icon Khabar

काठमाडौं, फागुन १ । सर्वोच्च अदालतले बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आधार र कारण माग गर्दै ११ दिनअघि पत्र पठाए पनि उच्च अदालत पाटन पुगेको छैन ।

लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको पुनरावेदनको सुनुवाइ गर्दै सर्वोच्चले फागुन ३ गते ‘विस्तृत प्रतिवेदन’ पेस गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका एक अधिकारीले भने, ‘लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशको विस्तृत प्रतिवेदन माग गर्दै आएको सर्वोच्चको पत्र आइतबार साँझसम्म पनि हामीकहाँ पुगेको छैन । पत्र पाएपछि पनि उच्च अदालतले मुद्दाको प्रकृति हेरेर विस्तृत प्रतिवेदन पठाउन एकदेखि दुई साता लाग्ने अधिकारीले बताए ।

Published Date: 13 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय