लामिछानेको मुद्दाको विस्तृत प्रतिवेदन माग गर्दै पठाएको सर्वोच्चको पत्र उच्च अदालत पाटन पुगेन

लामिछानेको मुद्दाको विस्तृत प्रतिवेदन माग गर्दै पठाएको सर्वोच्चको पत्र उच्च अदालत पाटन पुगेन : Icon Khabar

काठमाडौं, फागुन १ । सर्वोच्च अदालतले बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आधार र कारण माग गर्दै ११ दिनअघि पत्र पठाए पनि उच्च अदालत पाटन पुगेको छैन ।

लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको पुनरावेदनको सुनुवाइ गर्दै सर्वोच्चले फागुन ३ गते ‘विस्तृत प्रतिवेदन’ पेस गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका एक अधिकारीले भने, ‘लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशको विस्तृत प्रतिवेदन माग गर्दै आएको सर्वोच्चको पत्र आइतबार साँझसम्म पनि हामीकहाँ पुगेको छैन । पत्र पाएपछि पनि उच्च अदालतले मुद्दाको प्रकृति हेरेर विस्तृत प्रतिवेदन पठाउन एकदेखि दुई साता लाग्ने अधिकारीले बताए ।

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?