भक्तपुरको चुनदेवीमा बस पल्टिँदा चार जना घाइते

भक्तपुरको चुनदेवीमा बस पल्टिँदा चार जना घाइते : Icon Khabar

भक्तपुर, चैत २८ । भक्तपुरमा बस पल्टिँदा चार जना घाइते भएका छन्। बिहीबार बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकाशे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।

च्यामासि‌ंहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

दुर्घटनामा चार जना सामान्य घाइते भएको उनले बताए।

काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक ८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक ९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ घाइते भएका हुन्।

उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ।

प्रहरीले बस र चालक भक्तपुर नगरपालिका ७ इनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ। चालक र बसलाई प्रहरी वृत्त जगातीमा राखेको छ।

Published Date: 10 April 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली