आइतबार सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २४ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य तोलामा ३ हजार ९ सयले घटेको थियो ।

आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदीको मूल्य ७० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको छ ।

Published Date: 06 April 2025


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी