अमेरिकीराष्ट्रपति ट्रम्प र मस्कका नीति विरुद्ध अमेरिकाभर लाखौं मानिसहरु प्रदर्शनमा

अमेरिकीराष्ट्रपति ट्रम्प र मस्कका नीति विरुद्ध अमेरिकाभर लाखौं मानिसहरु प्रदर्शनमा : Icon Khabar

काठमाडौं, चैत २४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अर्बपति सहयोगी इलन मस्कका नीति विरुद्ध अमेरिकाभर लाखौं मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ट्रम्प र मस्कको नीतिहरु अधिनायकवादी अतिक्रमण र अर्बपति समर्थित एजेन्डा भन्दै विरोध प्रदर्शन गरेको गार्डियनले लेखेको छ । आयोजकहरुले वासिङ्टन डीसी, फ्लोरिडा र अन्यत्र ५ लाख भन्दा बढी मानिसहरु विरोध प्रदर्शनमा उत्रिएको अनुमान गरेका छन् ।

वासिङ्टनको नेसनल मलमा, ट्रम्प विरोधी र्‍याली हुनुभन्दा पहिले न्यु ह्याम्पसायर र पेन्सिलभेनिया जस्ता टाढाका क्षेत्रहरुबाट प्रदर्शनकारीहरु वासिङ्टन स्मारकको परिसरमा भेला भएका थिए । प्रदर्शनकारीहरुले विभिन्न प्लेकार्डहरु र केतिपयले युक्रेनी झण्डा पनि प्रदर्शन गर्दै ट्रम्प प्रशासनको नीतिहरुको विरोध गरेका छन् ।

केही प्रदर्शनकारीहरुले ट्रम्पले पदभार ग्रहण गरेपछि वासिङ्टन डीसीमा भएको पहिलो सामूहिक प्रदर्शनले अरुलाई पनि विरोध गर्न प्रेरित गर्ने आशा व्यक्त गरेका छन् । प्रदर्शनको एक उद्देश्य मानिसमा जागरण ल्याउनु पनि रहेको प्रदर्शनकारीहरुले बताएका छन् ।

‘ह्यान्ड्स अफ’ नाम दिइएको उक्त विरोध प्रदर्शनको आयोजकमध्ये एक रहेका संस्था ‘मुभअन’ ले दर्जनौं श्रम, वातावरणीय र अन्य प्रगतिशील समूहहरुसँग मिलेर अमेरिकाभरि १ हजार भन्दा बढी विरोध प्रदर्शनहरु भएको बताएको छ । प्रर्दशनबाट ट्रम्पप्रति आज्ञाकारिता देखाइरहेका र घुँडा टेक्न इच्छुक रहेका सबै व्यक्ति र संस्थाहरुलाई एउटा ठूलो जनआन्दोलन उनीहरुलाई रोक्न इच्छुक छ भन्ने संकेत दिन खोजेको प्रदर्शन आयोजकमध्ये एक संस्थाले बताएको छ ।

Published Date: 06 April 2025
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?