उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च, अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण

उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च, अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण : Icon Khabar

काठमाडौं, चैत २१ । उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ ।

बिहीबार काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको छ । हरेक वर्ष सुक्खा याममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौं वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ । सामयिक सन्दर्भमा पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

काठमाडौं उपत्यकामा तुवाँलो कति घना छ भने एक किलोमिटर आसपासका दृश्य पनि प्रस्टसँग देख्न मुस्किल छ । अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण छ ।

Published Date: 03 April 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै