सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, चैत २१ । घरेलु बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० को आँकडा पार गरेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत चैत १९ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १८ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सयमा कारोबार भएको थियो ।

अमेरिकाले विश्वका विभिन्न देशहरुमाथि भन्सार शुल्क घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य यो दिन २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2025
Website | + posts




ताजा
नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने
मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित