सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, चैत २१ । घरेलु बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० को आँकडा पार गरेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत चैत १९ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १८ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सयमा कारोबार भएको थियो ।

अमेरिकाले विश्वका विभिन्न देशहरुमाथि भन्सार शुल्क घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य यो दिन २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

Published Date: 03 April 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै