आज सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुग्यो

आज सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, चैत १९ । घरेलु बजारमा सुनको मूल्यले नयाँ–नयाँ उचाई हासिल गर्ने क्रम आजपनि जारी रहेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । सोमबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सुनको मूल्य रेकर्डतोड स्तरमा पुगेको थियो ।

उक्त दिन ६ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको थियो । यो महिना सुनको मूल्यले ५ पटक अल टाइम हाईको रेकर्ड बनाएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन । चाँदी आज प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2025
Website | + posts