आज सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुग्यो

आज सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, चैत १९ । घरेलु बजारमा सुनको मूल्यले नयाँ–नयाँ उचाई हासिल गर्ने क्रम आजपनि जारी रहेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । सोमबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सुनको मूल्य रेकर्डतोड स्तरमा पुगेको थियो ।

उक्त दिन ६ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको थियो । यो महिना सुनको मूल्यले ५ पटक अल टाइम हाईको रेकर्ड बनाएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन । चाँदी आज प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 01 April 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर