नेपाल सरकारले म्यानमारमा सहायता सामग्री पठाउने

नेपाल सरकारले म्यानमारमा सहायता सामग्री पठाउने : Icon Khabar

काठमाडौँ, चैत १९ । नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरूका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको समन्वयमा तत्कालका लागि सहयोग पुग्ने गरी चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न, औषधि तथा ब्लाङ्केट आदि सहायता सामग्रीहरू म्यानमार पठाइने भएको हो । सोमबार मन्त्रालयमा आयोजित यस सम्बन्धी बैठकमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले सहायता सामग्री सहयोगका लागि नेपालका निजी क्षेत्रका संघ संस्थाहरुलाई पनि आह्वान गरीन्।

उनले अप्ठेरोमा परेका म्यानमारका जनतालाई तत्कालका लागि आवश्यक सहयोग पुग्ने गरी मानवीय सहायता एवं राहात स्वरुप नेपाल सरकारले सामग्री पठाउने जानकारी दिईन्।

म्यानमारमा यही चैत १५ गते गएको ७.७ रेक्टर स्केलकाे भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ ।

Published Date: 01 April 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली