म्यानमार भुकम्प: अहिलेसम्म १,७०० जनाको मृत्यु, ३,४०० जना घाइते

म्यानमार भुकम्प: अहिलेसम्म १,७०० जनाको मृत्यु, ३,४०० जना घाइते : Icon Khabar

काठमाडौँ, चैत १८ । शनिवार म्यानमारमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् । ३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ले जनाएको छ । भूकम्प पश्चात् त्यहाँ रहेका चिनियाँ प्रवासी र बासिन्दाहरूले राहत र उद्धारमा विशेष भूमिका निर्वाह गरिरहेका छन् ।

देशको दोस्रो ठुलो सहर मन्डलेमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायहरूलाई ठुलो मात्रामा राहत कार्यहरू समन्वय गर्न चिनियाँहरुले स्वयंसेवा गरिरहेका छन् । म्यानमारमा बसोबास गर्ने चिनियाँ नागरिकहरूले सहायता सञ्जालहरू व्यवस्थित गरेर मन्डलेलगायत प्रभावित क्षेत्रहरूमा राहत र उद्धारमा क्रियाशील छन् ।

चन्दा सङ्कलनदेखि राजधानी याङ्गुनमा पिउने पानी, खाना र चिकित्सा सामग्रीहरू लगायत राहत सामग्रीहरू व्यवस्थापन भइरहेको छ । याङ्गुनमा बसोबास गर्ने धेरै विदेशी चिनियाँहरूले मन्डलेमा उद्धार टोलीहरूलाई एन्टिसेप्टिक्स, पन्जा र मास्क जस्ता अत्यावश्यक सामग्रीहरुको पुर्‍याउन रातभर १० घण्टाभन्दा बढी गाडी चलाएका थिए। धेरै रेस्टुरेन्टहरूले उद्धारकर्मीहरूलाई निःशुल्क खाना प्रदान गरेका थिए।

सडकहरूमा गम्भीर क्षति भएका कारण मन्डलेको यात्रा चुनौतीपूर्ण भएको छ, केही मार्गहरूले सामान्य सात घण्टाको सट्टा १० घण्टाभन्दा बढी समय लिएका छन्। त्यस्तै यता, ७.७ म्याग्निच्युडको भूकम्प गएको ६५ घण्टाभन्दा बढी समयपछि, चिनियाँ उद्धारकर्ताहरूले सोमबार स्थानीय समय अनुसार बिहान ६तः२० बजे मन्डलेबाट एक गर्भवती महिलालाई बाहिर निकालेका छन्। त्यस्तै, मन्डलेस्थित स्काई भिल्ला कन्डोमिनियमको भग्नावशेषबाट चिनियाँ उद्धार टोलीले एक सानो बच्चालाई सफलतापूर्वक बाहिर निकालेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा चिनियाँ उद्धार टोली सबैभन्दा बढी सक्रिय भइरहेको छ । मन्डले सहरमा सोमबार चीनको राष्ट्रिय उद्धार टोलीले भत्किएको होटलको भग्नावशेषबाट एक महिलालाई पनि जीवितै निकालेको थियो । पाँच घण्टाको अपराशनपछि ग्रेट वाल होटलको भग्नावशेषबाट जीवित महिलालाई निकालिएको थियो। -सिसीटिभीप्लस

Published Date: 31 March 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै