प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राप्रपाको नियमापत्ति

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राप्रपाको नियमापत्ति : Icon Khabar

काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नियमापत्ति गरेको छ ।

राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्रीले बोल्दै गर्दा संसद्को नियमावली नियम २१ को होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो । यो संसद्को रेकर्डबाट हटाइयोस्,’ उनले भने, ‘एयरपोर्टमा स्वागत गरिएको विषयलाई उहाँले कथित बनाउनुभयो ।’

उक्त विषय संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छन् । साथै, प्रधानमन्त्रीबाट होच्याउने काम भएको पनि जिकिर गरेका छन् ।

त्यसबारे सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जानकारी संसद्लाई गराएका छन् ।

Published Date: 31 March 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली