प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राप्रपाको नियमापत्ति

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राप्रपाको नियमापत्ति : Icon Khabar

काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैगर्दा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नियमापत्ति गरेको छ ।

राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्रीले बोल्दै गर्दा संसद्को नियमावली नियम २१ को होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो । यो संसद्को रेकर्डबाट हटाइयोस्,’ उनले भने, ‘एयरपोर्टमा स्वागत गरिएको विषयलाई उहाँले कथित बनाउनुभयो ।’

उक्त विषय संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छन् । साथै, प्रधानमन्त्रीबाट होच्याउने काम भएको पनि जिकिर गरेका छन् ।

त्यसबारे सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जानकारी संसद्लाई गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
Published Date: 31 March 2025
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने