दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश, खोज्दै प्रहरी

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश, खोज्दै प्रहरी : Icon Khabar

काठमाडौँ, चैत १५ । आज तीनकुनेमा राजावादीका तर्फबाट आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने भएको छ । हाल प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

प्रदर्शनको सुरुमै राजावादीको प्रदर्शनकारीका मुख्य कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुरक्षामा खटेका प्रहरीलाई धक्का दिँदै निषेधित क्षेत्रमा गाडी छिराउन खोजेपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो । त्यसपछि राजावादी प्रदर्शनले हिंसात्मक रुप लिँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो। झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन्।

प्रहरीकाे गोली लागेर हाल एक जनाको मृत्यु भएको खबर पनि बाहिरिएको छ ।

Published Date: 28 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर