काठमाडौँ, चैत १५ । आज तीनकुनेमा राजावादीका तर्फबाट आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने भएको छ । हाल प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।
प्रदर्शनको सुरुमै राजावादीको प्रदर्शनकारीका मुख्य कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुरक्षामा खटेका प्रहरीलाई धक्का दिँदै निषेधित क्षेत्रमा गाडी छिराउन खोजेपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो । त्यसपछि राजावादी प्रदर्शनले हिंसात्मक रुप लिँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो। झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन्।
प्रहरीकाे गोली लागेर हाल एक जनाको मृत्यु भएको खबर पनि बाहिरिएको छ ।
Published Date: 28 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1