तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो

तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो : Icon Khabar

काठमाडौँ, चैत १५ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीन कुने क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको बानेश्वर तीनकुने क्षेत्रमा लागू भएको कर्फ्यु शनिबार (आज) बिहान ७ बजेसम्म तोकिएको थियो ।

शुक्रबार दिउँसो ४ः२५ देखि लगाइएको कफ्र्यु शनिबार बिहान ७ बजे हटाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए ।

अवस्था सामान्य रहेकाले कर्फ्यु थप्नु पर्ने अवस्था नरहेकाले हटाइएको उनले बताए । करिब १५ घण्टापछि तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको हो । राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको थियो । काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो ।

राजावादीहरूको प्रदर्शनमा नेपाल प्रहरीका ५३ प्रहरी, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ घाइते भएका थिए । दुईजनाको मृत्यु भएको थियो । सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुगेको थियो । १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

Published Date: 29 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर