शुक्रबार सुनको मूल्य नयाँ उचाईमा

शुक्रबार सुनको मूल्य नयाँ उचाईमा : Icon Khabar

काठमाडौँ, चैत १५ । आज घरेलु बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत चैत ६ गते ससुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2025
Website | + posts