प्रतिनिधि सभाको बैठक २ बजेका लागि सारियो

प्रतिनिधि सभाको बैठक २ बजेका लागि सारियो : Icon Khabar

काठमाडौं, चैत १४ । संघीय संसदअन्तर्गत आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजेका लागि सारिएको छ ।

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि बैठक २ बजे बस्ने तय भएको हो । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी दलहरूले विरोध जनाएपछि बुधबार बैठक स्थगित भएको थियो । उनीहरुले प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राखेका छन् ।

Published Date: 27 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर