काठमाडौं, चैत १४ । संघीय संसदअन्तर्गत आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजेका लागि सारिएको छ ।
सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि बैठक २ बजे बस्ने तय भएको हो । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी दलहरूले विरोध जनाएपछि बुधबार बैठक स्थगित भएको थियो । उनीहरुले प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राखेका छन् ।
Published Date: 27 March 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1