आमिर खानले खोले युट्युब च्यानल

आमिर खानले खोले युट्युब च्यानल : Icon Khabar

मुम्बई, चैत १३ । बलिउड सुपरस्टार आमिर खानले आफ्ना फ्यानहरुलाई खुसीको खबर दिएका छन् । विगत साढे तीन दशकदेखि फिल्म क्षेत्रमा सक्रिय रहेका आमिर खान अहिले युट्युबमा पनि आफ्नो उपस्थितिको अनुभूति दिइरहेका छन् ।

आमिरको आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल एकाउन्ट नभए पनि उनको प्रोडक्सन हाउस ‘आमिर खान प्रोडक्सन’ सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । यस मार्फत आमिर आफ्ना फ्यानहरूसँग जोडिन्छन् र आफ्ना फिल्महरूसँग सम्बन्धित जानकारीहरू साझा गर्छन् । अब आमिरले युट्युब च्यानल खोलेका छन् र यसको पछाडि एउटा विशेष उद्देश्य रहेको छ ।

यो खबर आमिर आफैले आफ्नो प्रोडक्सन हाउसको सोसल मिडिया अकाउन्टमा सेयर गरेका छन् । क्याप्सनमा लेखिएको थियो, ‘सिनेमा, कथा र अनफिल्टर गरिएका पलहरू । हामीले कथाहरू सिर्जना गरेका छौँ, जसले तपाईँलाई हसाउने, रुवाउने र तपाईँलाई सोच्न बाध्य तुल्याएको छ। अब हामी तपाईँलाई आमिर खान टकिज मार्फत फिल्मको नयाँ दुनियाँमा लैजान गइरहेका छौँ, जुन संसार तपाईले पहिले कहिल्यै भ्रमण गर्नुभएको छैन । यहाँ तपाईंले पर्दा पछाडिका भिडियोहरू र फिल्महरूको बारेमा कुराकानीहरूमा प्रत्यक्ष पहुँच पाउनु हुनेछ।’

Published Date: 27 March 2025
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ