चीनले टिकटक बेचे भन्सार शुल्क घटाउने ट्रम्पको प्रस्ताव

चीनले टिकटक बेचे भन्सार शुल्क घटाउने ट्रम्पको प्रस्ताव : Icon Khabar

काठमाडौं, चैत १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको बिक्रीका लागि चीनलाई एक प्रस्ताव राखेका छन्। बीबीसीका अनुसार ट्रम्पले टिकटक बिक्री प्रक्रिया सुनिश्चित गरे अमेरिकाले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउन तयार रहेको बताएका छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको एप हो । ट्रम्पले टिकटक खरिद गर्ने कुनै गैर-चिनियाँ खरिदकर्तालाई खोज्न ५ अप्रिलको समयसीमा लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन् ।

यसअघि पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत टिकटकमा प्रतिबन्ध लगाउने एक कानुन पारित भएको थियो। तर, ट्रम्पले सत्ता सम्हालेपछि जनवरीमा उक्त कानुन लागू गर्न ढिलाइ गरिएको थियो।

यो कानुन सन् २०२४ मा पारित भएको थियो। राष्ट्रिय सुरक्षालाई आधार मानेर टिकटकलाई बेच्ने वा यसमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो। बुधबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘टिकटकको विषयमा चीनले भूमिका निभाउनुपर्छ। मलाई लाग्छ, उनीहरूले त्यसो गर्नेछन्।’

उनले अगाडि थपे, ‘यो काम सफल बनाउनका लागि म ट्यारिफमा केही कटौती गर्न सक्छु, वा अरू केही कदम चाल्न सक्छु।’ ट्रम्पले ५ अप्रिलको समयसीमाभित्र यो मुद्दामा सहमतिको ढाँचा तयार हुने विश्वास पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2025






ताजा
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्यो
आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई छिटो कमजोर बनाउने सक्ने
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
भक्तपुरमा माघमा १५२ मुद्दा दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी; ५ जनाको सवारी दुर्घटनामा मृत्यु


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न