बिहिबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १४ । घरेलु बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको थियो ।

सुनसँगै आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार २० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 27 March 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली