नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त : Icon Khabar

काठमाडौं, चैत १३ । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीइओमा नियुक्त गरेको हो । यसअघि उनी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीइओ) रहेका थिए ।

नबिल बैंकका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो । ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेको चर्चाका बीच नबिल बैंकबाट बाहिर निस्किएका हुन् ।

ज्ञवाली २०७७ साल साउनबाट नबिल बैंक प्रवेश गरेका हुन् । राष्ट्रिय स्तरको विकास बैंक ज्योतिको सीइओबाट राजीनामा दिएर ज्ञवालीले नबिल बैंकमा महाप्रबन्धकको कार्यभार सम्हालेका थिए ।

ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहितका बैंकमा काम गरेको अनुभव छ ।

Published Date: 26 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर