काठमाडौं, चैत १३ । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीइओमा नियुक्त गरेको हो । यसअघि उनी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीइओ) रहेका थिए ।
नबिल बैंकका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो । ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेको चर्चाका बीच नबिल बैंकबाट बाहिर निस्किएका हुन् ।
ज्ञवाली २०७७ साल साउनबाट नबिल बैंक प्रवेश गरेका हुन् । राष्ट्रिय स्तरको विकास बैंक ज्योतिको सीइओबाट राजीनामा दिएर ज्ञवालीले नबिल बैंकमा महाप्रबन्धकको कार्यभार सम्हालेका थिए ।
ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहितका बैंकमा काम गरेको अनुभव छ ।
Published Date: 26 March 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1