प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित : Icon Khabar

काठमाडौं, चैत १३ । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन् ।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गर्दै संसदमा विरोध गर्ने निर्णय गरेको थियो ।

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलो सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलका सबै सांसदहरूले उठेर अवरोध गरे ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी लगायतका सबै विपक्षी दलका सांसदले उठेर विरोध गरेका हुन् ।

विपक्षीहरूले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए ।

बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरे । ‘हामी चाहन्छौं– सरकारले यो निर्णय (कुलमान घिसिङलाई हटाउने निर्णय) फिर्ता गरोस् । साथै, यसबारेमा प्रधनमन्त्रीले संसदमा आएर तत्काल गराउनुपर्छ’ बस्नेतले भने । प्रधानमन्त्रीले जानकारी नगराएसम्म संसद सूचारु हुन नदिने उनको आग्रह छ ।

त्यसपछि सभामुख घिमिरेले जवाफका लागि प्रधानमन्त्रीलाई सूचना दिनुपर्ने भन्दै बस्न आग्रह गरे । तर, विपक्षीहरूले प्रधानमन्त्रीको जवाफ नआइ सदन नचल्ने अडान लिए ।

त्यसपछि सुभामुख घिमिरेले सभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

Published Date: 26 March 2025




ताजा
भक्तपुरमा अन्तर–वडा फुटसल प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धा जारी, आज अपरान्ह तीन खेल हुने
सोमबार सुनको भाउ बढ्यो
धुलिखेल अस्पतालमा सेवाग्राहीको आक्रोश : सर्भर डाउन हुँदा ३ घण्टादेखि सेवा प्रभावित
तीन प्रदेशमा बदली र वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावाको जोखिम




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य