काठमाडौं, चैत ११ । मंगलबार नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ मा आएको छ ।
आज ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको वित्तीय अवस्था कमजोर भएको तर मूल्य भने निकै बढेपछि बाठा लगानीकर्ता एक्जिट हुँदा यसको भाउमा भारी गिरावट आएको अनुमान गरिएको छ ।
आज ३ सय २५ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड २० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।
Published Date: 25 March 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1