मंगलबार नेप्से परिसूचक ५५.९० अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ५५.९० अंकले घट्यो : Icon Khabar

काठमाडौं, चैत ११ । मंगलबार नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ मा आएको छ ।

आज ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको वित्तीय अवस्था कमजोर भएको तर मूल्य भने निकै बढेपछि बाठा लगानीकर्ता एक्जिट हुँदा यसको भाउमा भारी गिरावट आएको अनुमान गरिएको छ ।

आज ३ सय २५ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड २० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।

Published Date: 25 March 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर