राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी

राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी : Icon Khabar

काठमाडौं, चैत १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल आन्दोलन समितिको बैठक जारी छ । राजधानीको एक प्यालेसमा जारी बैठकमा राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डालाई लिएर थप आन्दोलन घोषणा गर्ने बताइएको छ ।

राप्रपाको यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशभर घोषणा भएका विभिन्न आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय लिएको थियो ।

त्यसअघि घोषणा भएका आन्दोलनका कार्यक्रम गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै राप्रपाले स्थगित गरेको थियो ।

‘आजको बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ,’ प्रवक्ता मोहन कुमार श्रेष्ठले भने ।

आन्दोलनसँगै पार्टीका अन्य गतिविधि अघि बढाइने राप्रपाले बताएको छ ।

Published Date: 25 March 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर