काठमाडौं, चैत १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल आन्दोलन समितिको बैठक जारी छ । राजधानीको एक प्यालेसमा जारी बैठकमा राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डालाई लिएर थप आन्दोलन घोषणा गर्ने बताइएको छ ।
राप्रपाको यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशभर घोषणा भएका विभिन्न आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय लिएको थियो ।
त्यसअघि घोषणा भएका आन्दोलनका कार्यक्रम गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै राप्रपाले स्थगित गरेको थियो ।
‘आजको बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्नेछ,’ प्रवक्ता मोहन कुमार श्रेष्ठले भने ।
आन्दोलनसँगै पार्टीका अन्य गतिविधि अघि बढाइने राप्रपाले बताएको छ ।
Published Date: 25 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1