बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी

बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी : Icon Khabar

काठमाडौं, चैत ११ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ सरकारको औपचारिक पत्रको प्रतीक्षामा छन्।

बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी उनले गरेका छन्।

“हामी अहिले सरकारको पत्रको प्रतीक्षामा छौँ,” घिसिङ निकट स्रोतले मंगलबार बिहान जानकारी दिएको छ। “पत्र प्राप्त भएपछि अदालत जाने प्रक्रिया अघि बढाउने छौँ।”

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई पदबाट हटाएर विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाएको र अन्य सुधारका लागि प्रशंसा प्राप्त गरेको थियो। तर, ओली नेतृत्वको सरकारले एकाएक उनलाई पदबाट हटाएपछि मुलुकभरि आक्रोश फैलिएको छ।

सरकारको यस निर्णयविरुद्ध सडकमा प्रदर्शन सुरु भइसकेको छ, र नागरिक र विभिन्न वर्गका मानिसहरूले घिसिङको पक्षमा आवाज उठाएका छन्।

Published Date: 25 March 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली