ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट : Icon Khabar

काठमाडौँ, चैत ११ । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।

रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीलले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि उक्त आइपिओ बिक्री खुला गरेको थियो।

आइपिओको नतिजा कम्पनीको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ। यसैगरी, सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नितिजा हेर्न सकिन्छ।

Published Date: 25 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर