काठमाडौँ, चैत ११ । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ।
रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीलले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि उक्त आइपिओ बिक्री खुला गरेको थियो।
आइपिओको नतिजा कम्पनीको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ। यसैगरी, सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नितिजा हेर्न सकिन्छ।
Published Date: 25 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1