एशिएन कप छनोट : नेपाल आज मलेसियासँग खेल्दै

एशिएन कप छनोट : नेपाल आज मलेसियासँग खेल्दै : Icon Khabar

काठमाडौं, चैत १२ । एएफसी एशिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज (मंगलबार) मलेसियासँग भिड्दै छ । खेल मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ।

नेपालले गएको शुक्रबार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिङ्कापुरलाई १–० ले हराएको थियो । सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएका छन् ।

फिफा वरीयातमा मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ । नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपाल र मलेसियाबिच अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल छ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले पराजित भएको थियो । यो पटकको छनोटमा एशियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । नेपाल समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।

होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एशियन कपमा छनोट हुनेछ । मलेसियासँगको यो खेल नेपालको होम म्याच हो । तर दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो ।

Published Date: 25 March 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली