मंगलबार पनि सुनको भाउ घट्यो

मंगलबार पनि सुनको भाउ घट्यो : Icon Khabar

काठमाडौँ, चैत ११ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिदै आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

सोमबार भने ६ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

घरेलु बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको छ । यो सँगै चाँदीको भाउ लगातार दुईदिन स्थिर रहेको छ । चाँदीको भाउ आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि चाँदीको भाउमा कुनैपनि घटबढ भएको थिएन ।

Published Date: 25 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर