मंगलबार पनि सुनको भाउ घट्यो

मंगलबार पनि सुनको भाउ घट्यो : Icon Khabar

काठमाडौँ, चैत ११ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिदै आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

सोमबार भने ६ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

घरेलु बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको छ । यो सँगै चाँदीको भाउ लगातार दुईदिन स्थिर रहेको छ । चाँदीको भाउ आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि चाँदीको भाउमा कुनैपनि घटबढ भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 March 2025
Website | + posts