आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, चैत १० । सेयर बजार झन् फराकिलो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ मा आएको छ । ६ अर्ब २६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

सबै समूहका सूचक घटेका छन् । एउटा कम्पनीमा नेगेटिभ सर्किट ब्रेकर लागेको छ । निरन्तर अनि एकोहोरो पाराले बजार घटिरहेको छ । किन यसरी एकोहोरो बजार घटिरहेको छ भन्नेमा आम कौतुहलता बढेको छ । तर यसको पछाडि एउटैमात्र ठोस कारण देखिएको छैन ।

आज ३ सय १७ कम्पनीको १ करोड २३ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

Published Date: 23 March 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग