बजारमा कुरिलोको भाउ बढ्यो

बजारमा कुरिलोको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १० । बजारमा कुरिलोको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शनिबारदेखि कुरिलोको मूल्य बढ्न थालेको हो।

शनिबार कालीमाटी बजारमा कुरिलोको मूल्य प्रतिथोक मूल्य न्यूनतम ८ सयदेखि अधिकतम एक हजार रूपैयाँमा कारोबार भइरहेको थियो।

आइतबार पनि सोही मूल्य कायम छ। यो शुक्रबारको तुलनामा प्रतिकिलो तीन सय रूपैयाँ बढी हो।

शुक्रबार कुरिलो प्रतिथोक मूल्य न्यूनतम पाँच सयदेखि अधिकतम एक हजार रूपैयाँसम्म कारोबार भइरहेको थियो।

बजारमा कुरिलोको आएको परिमाणको आधारमा मूल्य घटबढ हुन्छ। बजारमा धेरै कुरिलो आएको छ भने मूल्य घट्छ भने थोरै आएको छ भने मूल्य बढ्छ। आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ भइरहेको छ।

कुरिलो व्यवसायीहरूका अनुसार कुरिलो गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुँदै जानेछ।

कुरिलो एक प्रकारको औषधिजन्य वनस्पती हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।
विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।

कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।

कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

Published Date: 23 March 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता