भक्तपुरमा “कार्यविधि निर्माण” तालिम सम्पन्न

भक्तपुरमा “कार्यविधि निर्माण” तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारीमा “कार्यविधि निर्माण” तालिम भक्तपुरमा सम्पन्न भयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्था संस्थागत भई दिगो हुन नीति, विधि र प्रविधिबाट संचालन हुनु पर्ने आवश्यकता औंल्याए। नीति र विधि विना व्यक्तिगत निर्णयबाट संचालित सहकारी सहकारी नभई एक्लौटी व्यवसाय जस्तो हुन्छ । यस्ता सहकारी सस्थाहरुमा समस्या देखिएको उनले बताए ।

जारी अध्यादेशले नेपालभरीमा कुनै एक प्रकृतीमा सदस्य भएपछि अर्को सोहि प्रकृतीको सदस्य हुन नपाउने व्यवस्था व्यवहारिक नभएको उनको भनाइ थियो । व्यक्तिगत बचतको सिमालाई सस्ंथागत पुँजीको १० प्रतिशतसम्म सदस्यसँग बचत संकलन गर्न पाउने गरी प्रतिस्थापन विद्येयक पारीत गरेको जानकारी गराए।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संस्था संचालन गर्न बचत, ऋण, आर्थिक प्रशासन, कर्मचारी प्रशासन र सम्पत्ती शुद्धिकरण निवारण कार्यविधि लगायतका आधारभूत कार्यविधिको निर्माण तथा ऐन कानून अनुसार अद्यावधि गर्नुपर्ने बताए । कार्यविधि काम गर्ने विधी भएकोले उक्त विधीलाई उत्कृष्ट बनाउन निरन्तर प्रयोग र समयनुकाल परिमार्जनमा ध्यानदिनुपर्ने उनले बताए।

नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले कार्यविधि निर्माण गर्दा गाह्रो भएता पनि कार्यविधीले कानुन सम्मत कार्यान्वयन गर्न सहयोग गर्ने बताए। तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्ने उनको भनाइ थियो । उनले कार्यविधि निमार्णले काम गर्न सहजता समेत हुने बताएका थिए।

तालिममा सहभागीहरुले सहकारीको कार्यविधि निर्माण प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गरे । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्चतहका कर्मचारीहरु गरी ३४ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गरेका थिए।

Published Date: 23 March 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता