मुलुकको अर्थतन्त्र चरम दबाबमा छ : अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र चरम दबाबमा छ : अर्थमन्त्री पौडेल : Icon Khabar

काठमाडौं, फागुन १ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न नसकेको बताए । त्यसैले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने पौडेलले बताए । उनले वर्तमान र दीर्घकालीन दायित्वका कारण सरकारमाथि थप दबाब थपिएकाले सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए ।

पौडेलले आयात नियमनको प्रभाव र आपूर्तिमा आएको सुस्तताले राजस्व सङ्कलन न्यून हुँदा मुलुकको अर्थतन्त्र चरम दबाबमा रहेको बताए । अर्थमन्त्री पौडेलले राजस्व प्रणालीले अनिवार्य रुपमा विनियोजन गरेको रकम पनि अपुग रहेको बताए ।

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रमा देखिएको कडा नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपेको बताए । गत वर्षको तुलनामा धान उत्पादनमा थोरै मात्र वृद्धि भएको उनले बताए ।

बजेटमा ७ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि गर्ने लक्ष्य राखे पनि ७ दशमलव २६ प्रतिशत पुगेको अर्थमन्त्री पौडेलले बताए ।

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?