प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल आज पहिलो पटक सुदूरपश्चिम जादै

प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल आज पहिलो पटक सुदूरपश्चिम जादै : Icon Khabar

काठमाडौं, फागुन १ । प्रधानमन्त्री पुष्पकुमल दाहाल आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी जादै छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल आज (सोमबार) पहिलो पटक सुदूरपश्चिम जादै छन् ।

प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको जहाजबाट धनगढी जान लागेका हुन् । सुदूरपश्चिममा पुग्ने वित्तिकै प्रधानमन्त्रीले गेटा स्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गर्नेछन । प्रधानमन्त्रीले सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरको निरीक्षण अवलोकन गर्ने कार्यक्रम छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहका प्रधानमन्त्री दिउँसो जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र त्यसपछि कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम छ ।

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?