प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल आज पहिलो पटक सुदूरपश्चिम जादै

प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल आज पहिलो पटक सुदूरपश्चिम जादै : Icon Khabar

काठमाडौं, फागुन १ । प्रधानमन्त्री पुष्पकुमल दाहाल आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी जादै छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल आज (सोमबार) पहिलो पटक सुदूरपश्चिम जादै छन् ।

प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको जहाजबाट धनगढी जान लागेका हुन् । सुदूरपश्चिममा पुग्ने वित्तिकै प्रधानमन्त्रीले गेटा स्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गर्नेछन । प्रधानमन्त्रीले सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरको निरीक्षण अवलोकन गर्ने कार्यक्रम छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहका प्रधानमन्त्री दिउँसो जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र त्यसपछि कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम छ ।

Published Date: 13 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा