सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराए

सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराए : Icon Khabar

काठमाडौं, फागुन १ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्ला माथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराउदै जित निकालेको हो । सिटीको जितमा खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसै खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दा सिटीको अग्रता २-० को बन्यो भने पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दै सिटी ३-० ले अघि रहेको थियो ।

दोस्रो हाफको खेलको ६१ औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरेपनि सिटी ३-१ ले विजयी भयो ।

यस जितसँगै सिटीले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै एस्टन २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?