सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराए

सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराए : Icon Khabar

काठमाडौं, फागुन १ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्ला माथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराउदै जित निकालेको हो । सिटीको जितमा खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसै खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दा सिटीको अग्रता २-० को बन्यो भने पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दै सिटी ३-० ले अघि रहेको थियो ।

दोस्रो हाफको खेलको ६१ औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरेपनि सिटी ३-१ ले विजयी भयो ।

यस जितसँगै सिटीले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै एस्टन २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Published Date: 13 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ