काठमाडौं, माघ २९। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार तलमाथि भइरहने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सेजन अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अबको दिनमा सेयर बजार माथि जाने बताएका हुन् ।
उनले नेपाल राष्ट्र बैंकले बाफियामा तोकिएका बैंक तथा वित्तीय संस्थाहरुको मात्रै नियमन गर्ने भएकाले समग्र पुँजी बजारलाई हेरेर नीति नलिने बताएका छन् ।उनले पुँजी बजारको नियामक धितोपत्र बोर्ड भएकोले राष्ट्र बैंकले पुँजी बजारलाई हेरेर नीति नलिने बताए ।
‘पुँजी बजारलाई प्रत्यक्ष नियम गर्ने काम राष्ट्र बैंकको होइन । त्यसैले मौद्रिक नीतिले पुँजी बजारलाई सम्बोधन गरेन भनेर भन्न मिल्दैन ।’ -उनले भने । साथै, उनले बैंकिङ क्षेत्रको स्रोत सबैलाई समान किसिमले वितरण गर्नका लागि सेयर धितो कर्जामा सिमा तोकिएको बताएका छन् ।
Published Date: 12 February 2023