सेजन अवार्डमा विभिन्न विधामा छ आर्थिक पत्रकारलाई प्रदान

सेजन अवार्डमा विभिन्न विधामा छ आर्थिक पत्रकारलाई प्रदान : Icon Khabar

काठमाडौं, माघ २९ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यस वर्ष विभिन्न विधामा छ आर्थिक पत्रकारलाई प्रदान गरेको छ ।

सेजन अवार्डमा यस वर्षको डा. भोला चालिसे लिबरल जनर्नालिज्म अवार्ड कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यले प्राप्त गरेका छन् ।

त्यसै वर्षको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विनय बन्जरा, सेजन प्रिन्ट मिडिया अवार्ड टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुरप्रसाद दुलाल (माधव) ले प्राप्त गरेका छन् ।

त्यसैगरी यस वर्षको सेजन अवार्ड अन्नपूर्ण दैनिकका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले प्राप्त गरेका छन् । यस वर्षको सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप कारोबार दैनिकका कौसिला कुँवरलाई दिइएको छ।

Published Date: 12 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?