नेपाल रग्बी संघको आयोजनामा फिफ्टिन्स रग्बी लिग

नेपाल रग्बी संघको आयोजनामा फिफ्टिन्स रग्बी लिग : Icon Khabar

काठमाडौं, माघ २९ । नेपाल रग्बी संघको आयोजनामा तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले रेफ्रीलाई रग्बी बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य अन्जन धमलालगायतको उपस्तिथि रहेको थियो । नेपाल रग्बी संघको अध्यक्ष दिपक देवकोटाको सभापतित्वमा उद्घाटन भएको राष्ट्रिय फिफ्टिन्स रग्बी लिगमा चार क्ल्बहरु आर्मी क्लब, आकश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब सहभागी छन् ।

पहिलो चरणको खेलमा गोर्खाली रग्बी क्लब र हिमालयन टाईगर रग्बी क्लबबीच खेल भएको थियो । श्रीराम श्रेष्ठ कप्तान रहेको गोर्खाली रग्बी क्लबले हिमालयनलाई ६७–१७ स्कोरले पराजित गरेको थियो ।

दोश्रो खेलमा आकाश भैरव र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो । सन्जिव कुँवरको कप्तानी रहेको आर्मीले ७२–० स्कोरमा विजयी भएको थियो ।

दोश्रो चरणको खेल फागुन ३ गते हुनेछ । त्यस दिन आर्मी र हिमालय तथा आकाश भैरव र गोर्खालीबीच खेल हुनेछ । अन्तिम दिन फागुन ६ गते हिमालयन र आकाश भैरव तथा आर्मी र गोर्खालीबीच खेल हुनेछ ।

Published Date: 12 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ