नेपाल रग्बी संघको आयोजनामा फिफ्टिन्स रग्बी लिग

नेपाल रग्बी संघको आयोजनामा फिफ्टिन्स रग्बी लिग : Icon Khabar

काठमाडौं, माघ २९ । नेपाल रग्बी संघको आयोजनामा तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले रेफ्रीलाई रग्बी बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य अन्जन धमलालगायतको उपस्तिथि रहेको थियो । नेपाल रग्बी संघको अध्यक्ष दिपक देवकोटाको सभापतित्वमा उद्घाटन भएको राष्ट्रिय फिफ्टिन्स रग्बी लिगमा चार क्ल्बहरु आर्मी क्लब, आकश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब सहभागी छन् ।

पहिलो चरणको खेलमा गोर्खाली रग्बी क्लब र हिमालयन टाईगर रग्बी क्लबबीच खेल भएको थियो । श्रीराम श्रेष्ठ कप्तान रहेको गोर्खाली रग्बी क्लबले हिमालयनलाई ६७–१७ स्कोरले पराजित गरेको थियो ।

दोश्रो खेलमा आकाश भैरव र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो । सन्जिव कुँवरको कप्तानी रहेको आर्मीले ७२–० स्कोरमा विजयी भएको थियो ।

दोश्रो चरणको खेल फागुन ३ गते हुनेछ । त्यस दिन आर्मी र हिमालय तथा आकाश भैरव र गोर्खालीबीच खेल हुनेछ । अन्तिम दिन फागुन ६ गते हिमालयन र आकाश भैरव तथा आर्मी र गोर्खालीबीच खेल हुनेछ ।

Published Date: 12 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?