काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली, कहिले पर्ला पानी ?

काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली, कहिले पर्ला पानी ? : Icon Khabar

काठमाडौँ, फागुन २५ । आइतबार काठमाडौं उपत्यकासहित देशैभर बदलीको अवस्था छ।

पछिल्लो एक घन्टामा उल्लेखनीय वर्षा भएको छैन। तर अधिकांश भूभागमा आंशिकदेखि पूर्णतया बदलीको अवस्था रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार अहिले भारतको आसाम आसपास एउटा न्यूनचापीय प्रणाली बनेको छ। त्यसको असर नेपालमा पनि परेको छ। देशका पहाडी भूभागमा छिटपुट वर्षा भएको मौसमविद् दाहालले बताए।

यो प्रणालीले उल्लेखनीय वर्षा गराउने सम्भावना नरहेको उनको भनाइ छ।

‘अहिले भारतको आसाम आसपास एउटा लो प्रेसर सिस्टम (न्यूनचापीय प्रणाली) बनेको छ। त्यसले असर यहाँसम्म देखिएको छ। पहाडी भूभागमा बदली र कतै छिटपुट वर्षा भएको छ,’ उनले भने।

उनका अनुसार दुई–तीन दिन मौसममा सुधारको सम्भावना छैन। सोमबारबाट पश्चिमी न्यूनचापीय प्रणालीको सम्भावना देखिने उनले बताए।

‘पश्चिमी न्यूनचापीय प्रणालीले पनि ठूलो वर्षा गराउने अवस्था देखिँदैन,’ उनले भने। पछिल्लो २४ घन्टामा दाङमा ११ मिलिमिटर वर्षा भएको छ।

Published Date: 09 March 2025
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी