काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली, कहिले पर्ला पानी ?

काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली, कहिले पर्ला पानी ? : Icon Khabar

काठमाडौँ, फागुन २५ । आइतबार काठमाडौं उपत्यकासहित देशैभर बदलीको अवस्था छ।

पछिल्लो एक घन्टामा उल्लेखनीय वर्षा भएको छैन। तर अधिकांश भूभागमा आंशिकदेखि पूर्णतया बदलीको अवस्था रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार अहिले भारतको आसाम आसपास एउटा न्यूनचापीय प्रणाली बनेको छ। त्यसको असर नेपालमा पनि परेको छ। देशका पहाडी भूभागमा छिटपुट वर्षा भएको मौसमविद् दाहालले बताए।

यो प्रणालीले उल्लेखनीय वर्षा गराउने सम्भावना नरहेको उनको भनाइ छ।

‘अहिले भारतको आसाम आसपास एउटा लो प्रेसर सिस्टम (न्यूनचापीय प्रणाली) बनेको छ। त्यसले असर यहाँसम्म देखिएको छ। पहाडी भूभागमा बदली र कतै छिटपुट वर्षा भएको छ,’ उनले भने।

उनका अनुसार दुई–तीन दिन मौसममा सुधारको सम्भावना छैन। सोमबारबाट पश्चिमी न्यूनचापीय प्रणालीको सम्भावना देखिने उनले बताए।

‘पश्चिमी न्यूनचापीय प्रणालीले पनि ठूलो वर्षा गराउने अवस्था देखिँदैन,’ उनले भने। पछिल्लो २४ घन्टामा दाङमा ११ मिलिमिटर वर्षा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 March 2025
Website | + posts